

अन्तर्राष्ट्रिय उडान नियमित गर्न माग गर्दै गौतमबुद्ध विमानस्थलमा धर्ना

भैरहवा- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित सञ्चालनको माग गर्दै धर्ना भइरहेको छ । सिद्धार्थ सञ्जाल, ?पन्देहीको आयोजनामा अहिले विमानस्थलअघि निरन्तर धर्ना र विरोध प्रदर्शन भइरहेको हो ।
उक्त विरोध प्रदर्शनमा ?पन्देहीका निजी क्षेत्रका सङ्घ संस्था, राजनीतिक दल तथा सामाजिक संस्थाले ऐक्यबद्धता जनाएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्जाललाई पत्र काटेर पुस २ गते काठमाडौंमा छलफका लागि बोलाएको छ । सञ्जालका पदाधिकारी उक्त छलफलमा सहभागी हुने जनाएका छन् ।

