

काठमाडौं आइरहेकी दार्चुलाकी महिलाको ट्रकको ठक्करबाट मृत्यु

काठमाडौं- ट्रकको ठक्करबाट दार्चुलाकी एक महिलाको मृत्यु भएको छ । छोरा भेट्न दार्चुलाबाट काठमाण्डौं आइरेकी दुहुँ गाउँपालिका–४ की करिब ५५ बर्षीया शान्तीदेवी बमको ट्रकको ठक्करबाट मृत्यु भएको हो ।
बिहीबार बिहान दार्चुलाबाट महाकाली यातायातको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १२५५ नम्बरको बसमा चढेकी बमलाई शुक्रबार बिहान बागमती प्रदेश ०३–००१ ख १८६६ नम्बरको ट्रकले ठक्कर दिएको हो ।
कपिलवस्तुको शिवपुर नगरपालिका–५ मा बस रोकिराखेको अवस्थामा शान्तिदेवी बाहिर निस्केकी थिइन् । उनलाई सोही बेला विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ट्रकको ठक्करबाट गम्भीर घाइते बमलाई उपचारका लागि चौराह अस्पातल बुटबल लगिएको र उपचारकै क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तुका प्रहरी निरीक्षक गिताप्रसाद चौधरीले बताए ।
शान्तिदेवीलाई ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

