फेरि सर्यो कांग्रेस महासमिति बैठक


काठमाडाैं – नेपाली कांग्रेसको कार्यसम्पादन बैठकले महासमितिको बैठक सार्ने निर्णय गरेको छ।

सानेपास्थित केन्द्रीय कार्यालयमा शुक्रबार बसेको बैठकमा पुस १६ देखि १९ गतेसम्म  गर्ने भनिएको महासमितिको बैठक फागुन ७ देखि १० गतेसम्म गर्ने प्रस्ताव भएको कार्यसम्पादन समिति सदस्य विमलेन्द्र निधिले जानकारी दिए।

उक्त बैठक राष्ट्रिय सभाको चुनाव र चिसोका कारण सार्ने निर्णय भएको हो।

माघ ११ गते राष्ट्रिय सभाको चुनाव हुँदैछ।

प्रतिक्रिया