बलात्कार प्रयास आरोपमा १ जना पक्राउ, २ फरार


तारकेश्वर – नुवाकोटको तारकेश्वरबाट बलात्कार प्रयास आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको बेनीघाट घर भएका १६ वर्षीय युवक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

यस्तै प्रहरीले दुई जना फरार रहेको भन्दै उनीहरुको खोजीकार्य भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार तारकेश्वर गाउँपालिका २ स्थित बगुवामा १४ गते राति तीन जना युवाले युवतीलाई बलात्कार प्रयास गरेका थिए ।

पीडितले दिएको उजुरीको आधारमा १ जनालाई पक्राउ गरिएको प्रवक्ता हरि बहादुर ओलीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेकाले धेरै कुरा बोल्न नमिल्ने बताउँदै भने, ‘पीडित पक्षले जबर्जस्ती करणी उद्योगमा मुद्धा दर्ता गराएसँगै १ जनालाई पक्राउ गरिएको छ । थप कुरा अनुसन्धानकै प्रक्रियामा रहेको छ ।’

प्रतिक्रिया