विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन


काठमाडौँ – सरकारले विप्लव नेतृत्वको भूमिगत समूहसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ।

गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको हो।

आज (मंगलबार) सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलन मार्फत यसबारे जानकारी दिएका छन् ।

हिंसात्मक तथा आतंककारी गतिबिधि गरेको भनी सरकारले २०७५ फागुन अन्तिम साता विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो।

प्रतिक्रिया