
२८ सयले बढ्यो सुनको मूल्य
काठमाडौं– आज सुनको मूल्य तोलामा २८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै हिजोको तुलनामा २८ सयले मूल्य बढेको जानकारी दिएको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, १ लाख १८ हजार २५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार र तेजाबी सुनको मूल्य १ लाख १५ हजार ४५० रुपैयाँ कायम थियो ।
आज चाँदीको पनि बढेको छ । महासंघले चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ बढेर कारोबारमा आएको जानकारी दिएको छ । हिजो चाँदीको मूल्य १४ सय रुपैयाँ प्रतितोला थियो । जुन, आज १४ सय ५५ रुपैयाँ कायम भएको छ ।



कागजपत्र |
