भेलापछि शेखरले भने, ‘महामन्त्रीजी र मेरोबीच उमेरको फरक छ, एजेन्डा फरक छैन’


काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १४औँ महाधिवेशनको टिममा कुनै मतान्तर नरहेको बताएका छन् ।

आफू पक्षीय भेला राखेका डा. कोइरालाले महामन्त्री गगन थापा र आफूबीच मतभेद रहेको भन्ने हल्लाको पछि नलाग्न कार्यकर्तालाई सुझाव दिएका छन् ।

भेलापछि सञ्चारकर्मीको जवाफ दिँदै डा. कोइरालाले महामन्त्री र आफूबीचको मतभेदका बारेमा मिडियाले अनावश्यक लेखेको पनि जनाएका छन् ।

त्यस्तै उनले अन्तिममा भने, ‘महामन्त्री ज्यू र मेरो उमेर फरक छ, नत्र एजेन्डामा कुनै पनि फरक छैन, मतभेद छैन ।’

प्रतिक्रिया