संघीय संसदका महासचिव गौतमले दिए राजीनामा


काठमाडौं- संघीय संसद सचिवालका महासचिव डा भरत गौतमले राजीनामा दिएका छन् । उनले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका हुन् ।

तर, उनले राजीनामा दिनुको कारण खुलेको छैन । उनको राजीनामा राष्ट्रपतिबाट स्वीकृत भइसकेको स्रोतले बतायो ।

प्रतिक्रिया