
सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठक जारी
काठमाडौं – प्रधानमन्त्री निवास बालुवटारमा गठबन्धन दलका शीर्ष नेताहरू बैठक बसेको छ ।
राष्ट्रिय सभामा भागबण्डा, सुन प्रकरण, एनसेल प्रकरण, टिआरसी विधेयक लगायत विषयमा छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
माघ ११ गते हुने १९ सदस्य राष्ट्रियसभा निर्वाचनका लागि दलीय भागबण्डा नजिक पुगे पनि कसले कति पाउनेमा निष्कर्षमा पुगेको छैन ।
यस्तै पछिल्लो एनसेल र सुन प्रकरणले सरकार आलोचित भइरहेको छ । बैठकमा प्रधानमन्त्री प्रचण्ड, माओवादीका महासचिव देव गुरुङ, कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेताहरू सहभागी छन् ।



कागजपत्र |
