त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद


काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिएको साढे ६ किलो सुन बरामद भएको छ ।

सुनसहित इजिप्टका नागरिक सेरिफ मोहम्मद ल्यासिन र अन्य दुई सुडानी नागरिक पक्राउ परेका हुन् । भन्सारबाट बाहिरिइसकेको सुन प्रहरीले सुराकीका आधारमा बाहिरबाट बरामद गरेको हो ।

फ्लाइ दुबईको एफ जेड ५७३ को फ्लाइटबाट सुन ल्याइएको थियो । सुनको साथमा विदेशी नागरिक पनि पक्राउ परेका र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया