

एसीसी–१९ एसियाकपः नेपालले टस जितेर फिल्डिङ गर्ने

काठमाडौं — एसीसी यू–१९ एसियाकप क्रिकेटअन्तर्गतको दोस्रो खेलमा नेपालले आज अफगानिस्तानको सामना गर्दैछ ।
नेपालले पहिलो टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।
नेपाल र अफगानिस्तानले यसअघि खेले खेलमा दुवैले पराजय भोगेका थिए । नेपाल पाकिस्तानसँग र अफगानिस्तान भारतसँग पराजित भएको थियो ।

