प्रधानमन्त्री ओली आज पनि पूर्वी नेपाल भ्रमणमा, झापा र मोरङका कार्यक्रममा सहभागी हुने


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओजी आज झापा र मोरङ जाने भएका छन् ।

प्रधानमन्त्री ओली बिहान ११ बजे नियमित उडान मार्फत झापाको भद्रपुर पुग्ने जनाइएको छ । ओली मध्याह्न साढे १२ बजे अनारमनी नगरपालिकाले विपन्नहरूका लागि निर्माण गरेको एकीकृत बस्ती हस्तान्तरणको कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

त्यसलगत्तै प्रधानमन्त्री ओली बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनमा सहभागी हुनेछन् ।

सो कार्यक्रम सकेर प्रधानमन्त्री ओली अपराह्न तीन बजे मोरङको उर्लाबारीमा निर्माण गर्न लागिएको एकीकृत सन्थाल बस्तीको शिलान्यासमा सहभागी हुने कार्यक्रम तय भएको छ ।

उर्लाबारीको उक्त कार्यक्रमसकिएपछि प्रधानमन्त्री ओली आजै साँझ विराटनगर विमानस्थल हुँदै काठमाडौँ फर्कने छन् ।

यसअघि आइतबार झापा पुगेका ओली सोमबार पोखरास्थित एक कार्यक्रममा सहभागी भएका थिए ।

 

प्रतिक्रिया