चीनबाट ल्याइएको मूर्तिमा सुन लेपनको आशंका


काठमाडौं – चीनबाट ल्याइएको ५६ कार्टुन मूर्तिमा सुन भएको आशंकापछि परीक्षणका लागि पठाइएको छ ।

१ हप्ताअघि नै त्रिभुवन विमानस्थल भन्सार कार्यालयले सुनको आशंकामा ती मूर्ति भन्सार कार्यलयको ल्यावमा परीक्षण गर्न पठाएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्गो भवनमा एक्सरेको क्रममा मूर्तिमा सुनको लेपन लगाइएको भन्सार अधिकारीको आशंका थियो ।

एक्सरेबाट यकिन हुन नसकेपछि अहिले विभागको ल्यावमा परीक्षण भइरहेको भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए ।

 

प्रतिक्रिया