परराष्ट्रमन्त्रीसँग सुनुवाइ समितिले माग्याे पोर्चुगलमा दूतावास खोल्नुपर्ने कारण


काठमाडौँ – संसदीय सुनुवाइ समितिले पोर्चुगलमा नेपाली दूतावास खोल्नुपर्ने कारणबारे छलफल गर्न परराष्ट्रमन्त्री एनपी साउदलाई बोलाएको छ ।

यस विषयमा शुक्रबार परराष्ट्र मन्त्रीसँग छलफल गर्ने समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले जानकारी दिए ।

बिहीबारको बैठकमा एमाले सांसद महेश बर्तौलाले अहिले पोर्चुगलमा नेपाली दूतावास खोल्नुपर्ने कारणबारे सरकारले जवाफ दिनुपर्ने बताएका थिए । उनले सरकार आर्थिक समस्यामा रहेका बेला नयाँ दूतावास खोल्नु बोझिलो मात्र हुने बताएका थिए ।

यद्यपि सरकारले पोर्चुगलमा नेपाली दूतावास खोल्ने निर्णय गर्दै राजदूतमा सनिल नेपाललाई सिफारिससमेत गरिसकेको छ ।

प्रतिक्रिया