सन्दीप लामिछाने पीएसएलको ड्राफ्टमा


काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने सन् २०२४ मा आयोजना हुने पाकिस्तान सुपर लिग (पीएसएल) टी—२० क्रिकेट प्रतियोगिताको ‘ड्राफ्ट’ मा परेका छन् । प्रभावशाली लेग स्पिनर सन्दीपको नाम ‘प्लाटिनम समूह’ को सूचिमा परेको समाचारमा जनाइएको छ ।

सन्दीप विदेशी खेलाडीका रूपमा पाकिस्तान सुपर लिगको ‘ड्राफ्ट’ मा परेका हुन् । ‘प्लाटिनम समूह’ को सूचीमा परेका खेलाडीलाई कुनै टोलीले खरिद गरेमा १ लाख ३० हजारदेखि एक लाख ७० हजार अमेरिकी डलर पारिश्रमिक पाउने प्रावधान छ ।

सन्दीपले यसअघि लाहोर क्वालन्डर्सबाट पाकिस्तान सुपर लिग खेलिसकेका छन् । पाकिस्तान सुपर लिगको आगामी संस्करण सन् २०२४ को फेब्रुअरी १३ देखि मार्च १९ सम्म सञ्चालन हुने छ ।

 

प्रतिक्रिया