

२ केजी ७ सय ग्राम गाँजासहित एक जना पक्राउ

मकवानपुर – थाहा नगरपालिका-३ बाट अवैध लागूऔषध गाँजा करिब २ किलो ७ सय ग्रामसहित हेटौंडा उपमहानगरपालिका-१३ पदमपोखरी बस्ने २१ वर्षीय विवेक सुनारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उनले लागूऔषध ल्याउँदै गरेको भन्ने सूचनाको अधारमा ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले बोरामा लुकाइ ल्याउँदै गरेको उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

