

भारतमा मृत फेला परे कैलालीको जानकी गाउँपालिकाका सर्वेक्षक बम

कैलाली– कैलालीको जानकी गाउँपालिकामा कार्यरत सर्वेक्षक रमण बम भारतमा मृत फेला परेका छन् ।
भारतको बेलरायाँमा शनिबार उनको शव फेला परेको आफन्तले बताएका छन् । घरबाट उपचार गर्न भनी उनी केही दिनअघि भारत गएका थिए ।
मृत्युको कारण नखुलेको आफन्त महेन्द्र बमले बताएका छन् । ४१ वर्षीय रमणको शव भारतको लखिपुरमा पोस्टमार्टमपछि शनिबार राति कैलाली ल्याएर आइतबार अन्तिम संस्कार गरिएको छ ।

