जाजरकोटमा चिसोका कारण बालकको मृत्यु


जाजरकोट-  छेडागाड नगरपालिका-८ रुवका बिर्खबहादुर सार्कीका १२ वर्षीय छोरा दीपकको चिसोका कारण शनिबार बिहान मृत्यु भएको छ ।

भूकम्पले घर चर्किएपछि उनको परिवार पालमुनि बस्दै आएको थियो। एक सातादेखि बिरामी ती बालकलाई चिसोले निमोनिया समेत भएको थियो । छेडागाड नगरपालिका-९ स्थित स्वास्थ्य चौकी लगिएको थियो ।

सामान्य उपचार गरेर घर ल्याइएका ती  बालकको शनिबार बिहान ज्यान गएको छेडागाडका पूर्वनगर प्रमुख लालबहादुर महताराले बताए ।

योसँगै जाजरकोटमा चिसोबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । रुकुम पश्चिममा चिसोका कारण ८ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया