बुद्धजन्मस्थल लुम्बिनीबाट पार्टी बलियो बनाउने देउवाको उद्घोष


बुटवल- नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बुद्ध जन्मस्थल लुम्बिनी प्रदेशबाट पार्टी बलियो बनाउने उद्घोष गरेका छन् ।

नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनको उद्घाटन समारोहअघि नेताहरूले पार्टीभित्र गुटबन्दी अन्त्य गर्नुपर्ने, प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने धारणा राखेको विषयमा इंगित गर्दै देउवाले आफू भाषण गर्न नजान्ने भन्दै काम गरेर देखाउने बताए ।

‘कम बोल्ने काम बढी गर्नेछु, हैरौं के हुन्छ’, देउवाले भने । उनले गौतमबुद्ध जन्मेको भूमिबाट कांग्रेस बलियो बनाउने विश्वास लिएको बताउँदै आफू मिलेर काम गर्न तयार रहेको स्पष्ट पारे ।

प्रतिक्रिया