सुनको मूल्य घट्यो, आज तोलामा कति ?


काठमाडौँ – आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

आज सुन ३ सय रुपैयाँले घटेर तोलामा एक लाख १९ हजारमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य एक लाख १८ हजार ४५० रुपैयाँ रहेको छ ।

यस्तैगरी चाँदीको मूल्य आज २० रुपैयाँले बढेर तोलामा एक हजार ५ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया