अमेरिकी डलरको भाउमा बन्यो नयाँ रेकर्ड


काठमाडौं- अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड बनेको छ ।

शुक्रबार एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ७४ पैसा पुगेको छ भने खरिददर मूल्य १३३ रुपैयाँ १४ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो । अमेरिकी डलरको मूल्य बढ्नु भनेको नेपाली मुद्रा थप कमजोर हुनु हो ।

 

प्रतिक्रिया