
बारामा झन्डा मेलामा झडप, स्थिति नियन्त्रणमा लिन ८ राउन्ड हवाई फायर
काठमाडौँ – बाराको पचरौता नगरपालिका–७ स्थित बेनौलीमा झडप हुँदा दुई जना घाइते भएका छन् ।
गए राति महाबिरी झन्डा राख्ने विषयमा एउटै गाउँका दुई समूहबिच झडप हुँदा पचरौता–७ बस्ने ४० वर्षीय लक्ष्मी पटेल र ४२ वर्षीय चण्डीका पटेल घाइते भएका हुन् ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले ८ राउन्ड हवाई फायर गरेको थियो । झन्डा मेलालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नबारे प्रहरीले सोमबार बिहानदेखि छलफल गराए पनि साँझ झडप भएको थियो ।
साँझ एउटा समूले अर्को समूहलाई आक्रमण गर्दा तनाव सिर्जना भएको तर, अहिले स्थिति नियन्त्रणमा आएको बाराका एसपी सुरेश काफ्लेले बताए । काफ्ले भन्छन्–‘अहिले स्थिति साम्य भइसक्यो ।’
गत वर्ष झन्डा लाने समूह र समूहको बिचमा आफूले झन्डा लान पाउनुपर्ने बारेमा विवाद भएको थियो ।



कागजपत्र |
