
हत्कडीसहित भाग्न लागेपछि प्रहरीले चलायो गोली, २ जना घाइते
जनकपुरधाम – महोत्तरीमा प्रहरीको गोलीबाट दुई जना घाइते भएका छन् ।
डकैतीको घटनामा संलग्न भएका दुई जनालाई पक्राउ गरेर ल्याउने क्रममा भाग्न लागेपछि प्रहरीले गोली हानेको थियो । दुवै जनाको बायाँ खुट्टामा गोली लागेको छ । घाइते हुनेमा सर्लाही लालबन्दी नगरपालिका–२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवान रहेका छन् ।
उनीहरुको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ ।
महोत्तरीको सीमा सोनमा गाउँपालिका ५ मा हतकडीसहित गाडीबाट हामफालेर भाग्न खोजेपछि उनीहरुमाथि गोली प्रहार गरेको जनाइएको छ ।



कागजपत्र |
