ललितपुरबाट जुवा खेल्दै गरेका १० पक्राउ


काठमाडाैं – जुवा खेलेको आरोपमा प्रहरीले ललितपुरबाट १० जनालाई पक्राउ गरेको छ।

शनिबार प्रहरीले ललितपुरको नख्खिपोटस्थित एक रेष्टुरेन्टबाट १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ।

७ जना महिला र ३ जना पुरूषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूबाट एक लाख ३ हजार नगद बरामद भएको छ।

प्रहरीले यसको थप अनुसन्धान अघि बढाएको छ।

 

प्रतिक्रिया