राहुल महरासहित ३ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस


काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विद्युतीय सिगरेट (भेप)मा लुकाएर गरेको सुन तस्करी गरेको आरेपमा पूर्व उपसभामुख कृष्णबहादुर महराकाम छोरा राहुलसहित तीन जनाविरुद्ध भने मुद्दा चलाउन सिफारिस गरिएको छ ।

सीआईबीले आइतबार सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको प्रतिवेदनमा राहुल महरा, दावाजिन वाङका चालक लोकेन्द्र पौडेल र दावा छिरिङलाई मुद्दा चलाउन सिफारिस गरिएको हो ।

लुइ सहितका ६ जना चिनियाँ नागरिकको हकमा भने भेटिएको बखत मुद्दा चल्ने गरी नाम समावेश गरिएको सीआईबी स्रोतले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेशभित्र ७३ बट्टामा रहेको ७३० थान ई–सिगरेट (भेप) बरामद गरेको थियो ।

उक्त सुन तस्करीमा पुर्वसभामुख महराको नाम पनि मुछिएको थियो । तर सिआइबीले उनीविरुद्ध भने मुद्धा चलाउन नपर्ने निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया