

ह्याम्समा उपचाररत कांग्रेस पर्वत सभापति भुसाल भेटेर फर्किए नेता खाँड

काठमाडौं– नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले लामो समयदेखि ह्याम्स अस्पतालमा उपचार गराइरहेका पर्वत जिल्ला सभापति खिमप्रसाद भुसालको स्वास्थ्य अवस्था बुझेका छन्।
विहीबार अस्पताल पुगेका नेता खाँडले उनको स्वास्थ्यका विषयमा अस्पतालमा रहेका चिकित्सक र भुसालसँग पनि बुझेका थिए।
खाँडसँगै नेपाल तरुण दल केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङ, प्रदेश सभा उम्मेद्वार राजेन्द्र तिवारीलगायत अस्पताल पुगेका थिए।

