


सल्यान दुर्घटना अपडेटः मृत्यु भएका दुवैको सनाखत, मृत्यु हुनेमा गाडी चालक र गाडी धनी

सल्यान — सल्यानमा जीप दुर्घटनामा परी मृत्यु भएका दुबै जनाको सनाखत भएको छ।
मृत्यु हुनेमा दाङको तुलसीपुर उपहानगरपालिका– १८ का ५० बर्षीय गणेश बुढा र २५ बर्षीय भक्तबहादुर घर्ती रहेको प्रहरीले जनाएको छ । मृतक बुढा सवारी धनी हुन् भने घर्ती चालक हुन् ।
आज बिहान रोल्पाबाट तरकारी बोकेर दाङको तुलसीपुर तर्फ आउँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जीप सल्यानको कपुरकोट गाउँपालिका– ३ चोरखोला नजिक सेता पैरा भन्ने ठाउँबाट झन्डै तीन सय मिटर तल खसेको थियो।
दुर्घटनामा परि दाङको तुलसीपुर उपमहानगरपालिका– २ का ३५ बर्षीय नारायण योगी गम्भीर घाइते छन्। उनलाई उपचारका लागि तुलसीपुर ल्याइएको छ ।

