एमाले बागमती प्रदेशको प्रथम अधिवेशन आजबाट


काठमाडौं – नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन सोमबारबाट सुरु हुँदैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने अधिवेशनका लागि उपत्यकाका विभिन्न स्थानबाट

र्‍याली निकालिने छ ।

काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा उद्घाटन हुने अधिवेशनले प्रदेशमा पाँच पदाधिकारीसहित २४० सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । त्यसका लागि झण्डै १२ प्रतिनिधि छनोट भैसकेका छन् ।

केन्द्रीय तहका नेताहरूले समेत चासोका साथ लिएको बागमतीमा नेताहरू सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, महेश बस्नेत, गोकुल बाँस्कोटा लगायतले सर्वसम्मत नेतृत्व चयनका लागि पहल गरेको बुझिएको छ । तर प्रदेश अध्यक्ष पदमा आकाङ्क्षीहरू बढेपछि सहमतिमा नेतृत्व चयन गर्ने पार्टी नेतृत्वको प्रयास सफल हुने सम्भावना कम हुँदै गएको एमाले बागमतीका नेता कार्यकर्ताहरूको भनाइ छ । यद्यपि नेताहरूबिच सर्वसम्मत नेतृत्व चयनका लागि छलफल भइरहेको केन्द्रीय नेताहरूले बताएका छन् ।

अध्यक्षमा केन्द्रीय सदस्यहरू रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्ण दाहाल र नुवाकोटका केशवराज पाण्डेसहित नेताहरू चितवनका कृष्णभक्त पोखरेल र काठमाडौँका सानुकुमार श्रेष्ठ दाबेदारका रूपमा अघि आएका  छन् । सहमति नभए अन्तिममा ढुंगेल र पोखरेलबीच चुनावी प्रतिस्पर्धा हुने सम्भावना रहेको नेताहरूको भनाइ छ । संघीय संरचनामा गएपछि पहिलो चोटि एमालेमा बागमती प्रदेश अधिवेशन हुँदै छ ।

प्रतिक्रिया