२८ वर्षीया महिलालाई बलात्कारको आरोपमा १३ वर्षीय बालक पक्राउ


कैलाली – बझाङमा बलात्कार आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् ।

जिल्लाको छबिसपाथिभेरा गाउँपालिका बस्ने २८ वर्षीया एक महिलालाई आइतबार दिउँसो बलात्कार गरेको आरोपमा प्रहरीले ती बालकलाई पक्राउ गरेको हो ।

घटनापछि बालक फरार भएको बझाङ प्रहरीले बताएको छ ।

शारीरिक रूपमा असक्त महिलालाई घरमा कोही नभएको अवस्थामा बलात्कार गरेको र महिलाको आमाले देखेपछि बालक फरार भएको प्रहरीको भनाइ छ । अहिले घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी भरत शाहले जानकारी दिए ।

प्रतिक्रिया