चाबलिहमा २ मोटरसाइकल ठोक्किँदा एकको मृत्यु,३ घाइते


काठमाडौं – राजधानीको चाबहिलमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित सडकमा सोमबार बेलुकी प्रदेश १ ०२–०५० प ६७८९ नम्बरको मोटरसाइकल र बा–प्र–०२–०४४ प २८५० नम्बरको मोटरसाइकल ठोक्किएका थिए।

उक्त दुर्घटना हुँदा बा–प्र–०२–०४४ प २८५० नम्बरको मोटरसाइकल चालक पुतलीसडक बस्ने वीरगंज महानगरपालिका—१४का ३२ वर्षीय पर्शुराम महतोको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया