

चट्याङबाट दैलेखमा किशोरको मृत्यु

काठमाडौं – चट्याङ लागेर दैलेखमा एक जनाको ज्यान गएको छ । चट्याङ लागेर महाबु गाउँपालिका-३ बासीका १६ वर्षीय किशोर दाहालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी दिपकसिंह बिष्टले जानकारी दिए ।
चट्याङ लागेर नाै जना घाइते भएका र उनीहरूकाे दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेकाे प्रहरी निरीक्षक बिष्टले बताए ।
आज साेमवार तीजकाे मेला हेरेर फर्किने क्रममा महाबुस्थानकाे एक्ले सल्लाेमा चट्याङ लाग्दा १० जना घाइते भएकामा १६ वर्षीय दाहालकाे उपचारका क्रममा दैलेख जिल्ला अस्पतालमा ज्यान गएकाे हाे ।

