सैनामैनामा २ मजदुर मृत फेला


बुटवल – रुपन्देहीको सैनामैनामा सोमवार दुई पुरुष मृत अवस्थामा फेला परेका छन् । सैनामैना नगरपालिका वडा नम्बर ७ हरियाली टोलका ५० वर्षका नाथु चौधरी र सोही स्थानका ५५ वर्षका पल्टु चौधरी मृत अवस्थामा फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय, सालझण्डीका प्रहरी निरीक्षक (इन्सपेक्टर) अनिल पण्डितका अनुसार उनीहरूका शव एउटा बाटो र अर्को खेतमा फेला परेका थिए ।

‘प्रारम्भिक अनुसन्धानमा उनीहरूले मदिरा सेवन गरेको देखिन्छ,’ इन्सपेक्टर पण्डितले लोकान्तरसँग भने, ‘बिहान दुवैजना घरबाट सँगै निस्किएको बुझिएको छ । चौधरीद्वयको एकैसाथ कसरी मृत्यु भयो त्यो अनुसन्धानको विषय छ ।’

शवको पोष्टमार्टम गरी अनुसन्धान भइरहेको उनले बताए । मृतक दुवैजना मजदुर रहेको बताइएको छ ।

प्रतिक्रिया