दिवंगत नेम्बाङलाई प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झन्डा (फोटोफिचर)


काठमाडौं – दिवगंत सुवासचन्द्र नेम्बाङको पशुपतिस्थित आर्यघाटमा राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिँदैछ ।

यसै क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झन्डा ओढाएका छन् ।

यसअघि नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निवासबाट मुन्धुम सँस्कृति अनुसारको विधिपूर्वक उठाइएको थियो । उनको अन्त्येष्टि मुन्धुम र हिन्दु सँस्कृति अनुसार गरिँदै छ ।

शवयात्रामा नेपाली सेनाको ब्याण्ड टोली अघि-अघि र शव बोकेको गाडी पछि-पछि थियो । यात्रामा अन्य शुभेच्छुक तथा सर्वसाधारण पनि सहभागी छन् ।

संविधानसभाका अध्यक्ष रहेका नेम्बाङको ही २७ गते हृदयघातका निधन भएको थियो ।

तस्बिरहरूः प्रदीपराज वन्त/प्रधानमन्त्री सचिवालय

प्रतिक्रिया