
मेजर विमल पण्डितको शव काठमाडाैं लगियो
डाेल्पा – डोल्पाको नन्द बक्स ब्यारेकका मेजर विमल पण्डितको शव काठमाडौं लगिएको छ।
बुधबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरमार्फत उनको शव काठमाडौं पठाइएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ।
गत १० भदौदेखि बेपत्ता मेजर पण्डितको शव १७ औँ दिनमा हिजाे (मंगलबार) त्रिपुरासुन्दरी नगरपालिका– ५ करवगाडस्थित चिन्डेबगरनजिक भेरीनदीको किनारमा फेला परेको थियो।
मेजर पण्डितको मृत्युको कारण खुल्न सकेको छैन। काठमाडाैंको डाँछी स्थायी घर भएका पण्डितको अन्त्येष्टि काठमाडौमै हुने जनाइएको छ ।
पण्डित सम्पर्कबिहीन भएपछि खोजीका लागि काठमाडाैंबाट उनका बुवासहितका आफन्तहरू डोल्पा नै आएका थिए ।



कागजपत्र |
