५ दिनपछि खुल्यो बेनी-जोमसोम सडक


जोमसोम – अविरल बाढी,पहिरो र नदी कटानले अवरुद्ध राष्ट्रिय गौरवको ७६ किलोमिटर बेनी-जोमसोम सडक बुधबार बिहानदेखि सञ्चालनमा आएको छ ।

पछिल्लो पटक सडक शुक्रबारदेखि पहिरोका कारण अवरुद्ध भएको थियो ।

कालिगण्डकी करिडोरअन्तर्गत निर्माण कम्पनीहरूको सडक खन्ने उपकरण परिचालन गरी पहिरो पन्छ्याएपछि बेनी-जोमसोम सिधा यातायात सञ्चालनमा आएको हो ।

यसअघि अविरल वर्षासँगै बेनी—जोमसोम राष्ट्रिय राजमार्ग सडकको म्याग्दी खण्डमा झन्डै ४ दर्जन स्थान बाढी,पहिरो र नदी कटानले सडक अवरुद्ध हुँदै आइरहेको छ ।

प्रतिक्रिया