दोलखामा खुकुरी प्रहार गरी श्रीमतीको विभत्स हत्या, श्रीमान पक्राउ


दोलखा – दोलखामा एक व्यक्तिले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी विभत्स हत्या गरेका छन् । कालिञ्चोक गाँउपालिका-६ खारेबेसीका २७ वर्षिय हिमाल थामीले २३ वर्षीया श्रीमती सुनिता थामीको हत्या गरेका हुन्।

शुक्रबार राति करिब २ बजे थामीले श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी भेषराज रिजालले जानकारी दिए।

श्रीमती हत्या गरी भागेका थामीलाई प्रहरीले कालिन्चोक-७ बाट पकउ गरेको छ । राती २ बजे घटना भएको खबर आएपछि खबर पाए लगतै डीएसपी रिजाल आफैं घटनास्थल पुगेका थिए।

श्रीमतीको हत्यापछि थामी गाँउ छाडेर भाग्ने तयारीमा थिए। प्रहरीले गाँउलाई चारैतिर घेरा हालेर थामीलाई पक्राउ गरेको थियो।

पक्राउ परेका थामीलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय दोलखामा ल्याइएको छ। प्रारम्भिक रुपमा बुझ्दा घटना घरायसी विवादका कारण भएको हुनसक्ने प्रहरीको भनाइ छ

 

प्रतिक्रिया