

मनसुनजन्य विपदबाट दुई महिनामा ४८ जनाको मृत्यु, २९ जना बेपत्ता

काठमाडौं – यसवर्ष मनसुन सुरु भएपछिको दुई महिनामा मनसुनजन्य विपद्का घटनामा परी ४८ जनाको मृत्यु भएको छ ।
यसवर्ष मनसुन जेठ ३१ गतेबाट सुरु भएको थियो । २०८० जेठ ३१ गतेदेखि असार ३० गतेसम्मको अवधिमा भएका मनसुनजन्य विपद्का घटनामा परी २९ जना बेपत्ता भएको गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जनाएको छ ।
शाखाको विवरण अनुसार पछिल्लो दुई महिनामा मनसुनजन्य विपद्का घटनामा परी ६० जना घाइते भएका छन् । ती घटनाले १९० घर पूर्ण क्षति र ६९६ घरमा आंशिक क्षति गरेको छ ।
मनसुनजन्य विपद्का घटनामा परी संखुवासभामा १९, ताप्लेजुङ र पाँचथरमा तीनरतीन, दोलखा र मकवानपुरमा दुईरदुईजना बेपत्ता भएका छन् ।

