विराटनगरमा युवकमाथि तरबार प्रहार गर्ने २ जना पक्राउ


विराटनगर – युवकमाथि तरबार प्रहार गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । तीन दिनअघि विराटनगर महानगरपालिका–८ का २२ वर्षे मोहम्मद हलिममाथि सोमबार दिनदहाडै तरबार प्रहार हुँदा उनी गम्भीर घाइते बनाउने २ जना पक्राउ परेका हुन् ।

दुवै हातमा गहिरो चोट बोकेका उनको तीन दिनयता नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

तरबार प्रहार गरेको आरोपमा प्रहरीले विराटनगर-८ का  २२ वर्षीय समीर हुसेन र विराटनगर–६ का २४ वर्षीय अशोक अन्सारीलाई पक्राउ गरेको हो।

नेपाल-भारत सीमा क्षेत्र नजिकबाट बुधबार बिहान २ बजेतिर हुसेन र अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिएका छन्।

 

प्रतिक्रिया