निर्माण व्यवसायीहरुले सिँचाइ विभागमा लगाए ताला


काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले जावलाखेलस्थित सिँचाइ विभागमा ताला लगाएको छ ।

सरकारी कार्यालयमा ताला लगाई धर्ना दिने तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत व्यवसायीहरुले सिँचाइ विभाग ताला लर्गाका हुन् ।

निर्माणको रकम भुक्तानी नगरेको भन्दै व्यवसायीहरू आन्दोलनरत छन् । व्यवसायीहरूले ताला लगाउँदै धर्नामा बसेपछि प्रहरीले उनीहरूको आन्दोलनमा हस्तक्षेप गरेको थियो ।

प्रहरीले निर्माण व्यवसायीहरूलाई पक्राउ गरी त्यहाँबाट हटाएका छन् ।यसअघि दोस्रो चरणको आन्दोलन अन्तरगत निर्माण व्यवसायीहरूले बालुवाटारदेखि संसद् भवन अगाडि धर्ना दिएका थिए ।

प्रतिक्रिया