
नेविसंघ काठमाडौं अध्यक्षमा अंशुल
काठमाडौं — नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को काठमाडौंको अध्यक्षमा अंशुल केसी मनोनित भएका छन् । नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले केसीलाई काठमाडौंको अध्यक्षमा मनोनयन गरेका हुन् ।
काठमाडौं नेविसंघका अध्यक्ष मनिष डंगोललाई केन्द्रीय सदस्य मनोनित गरेपछि केसीलाई काठमाडौं अध्यक्ष बनाइएको हो। काठमाडौं कांग्रेस जिल्लाकार्य समितिको सिफारिसमा केसीलाई रोकेर गत फागनुमा शेर्पाले डंगोललाई अध्यक्ष मनोनित गरेका थिए ।
आफूमाथि अन्याय भएको भन्दै केसीले नेविसंघको कार्यालयमा ताला लगाउनका साथै पार्टी कार्यालय सानेपामा रिले अनसनसम्म बसेका थिए ।
नेविसंघका १२ औं महाधिवेशन काठमाडौंमै हुने भएकाले नेविसंघ काठमाडौंको अध्यक्षलाई प्रतिष्ठाको विषय बनाइएको थियो । अधिवेशनमा सबैभन्दा बढी प्रतिनिधि र आयोजकको भूमिका काठमाडौंको हुन्छ । त्यसैले पार्टीकै नेताहरुले नेविसंको जिल्ला अध्यक्ष आफू निकट बनाउन लागि परेका थिए ।
केसी प्रतिनिधि सभा निर्वाचनमा नेविसंघकातर्फबाट काठमाडौं १ निर्वाचन परिचालन समितिका संयोजक थिए । केसीले काठमाडौंमा नेविसंघलाई आफूले सशक्त बनाएर लैजाने बताए ।



कागजपत्र |
