
म्याद थप्न अदालत जाँदा टोपबहादुर शैलीमा सुनिल शर्मा !
काठमाडौं — नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका सुनील शर्मा सरकारी वकिलको कार्यालयमा उपस्थित गराएको छ ।
शर्मालाई शुक्रबार म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा उपस्थित गराएको हो ।
नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सांसद रहेका शर्मालाई बिहीबार सीआईबीले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ गरेको थियो । उनीसहित पक्राउ परेका अन्य सबैलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको छ ।
उनलाई म्याद थपका लागि लैजाँदै गर्दा यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीकै शैलीमा हात उठाएका थिए ।



कागजपत्र |
