

बलात्कार काण्डः विद्यालयबाट फर्किँदै गरेकी बालिकामाथि जबर्जस्ती करणी

काठमाडौं – ललितपुरमा विद्यालयबाट फर्किँदै गरेकी एक बालिका माथि जबर्जस्ती करणी भएको छ । ललितपुरको महांकाल गाउपालिका–४ कालेश्वर खन्तिडाँडामा विद्यालयबाट फर्किँदै गरेकी १३ वर्षीया बालिकामाथि जबर्जस्ती भएको महानगरीय प्रहरी बृत्त जनाएको छ ।
बुधबार दिउँसो ४ बजेतिर खन्तिडाँडास्थित नवोदय प्रावि पछाडि रहेको जंगलमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी भएको हो ।विद्यालयबाट फर्किँदै गरेको अवस्थामा बालिकामाथि जबर्जस्ती करणी भएको भन्दै पीडित परिवारले उजुरी दिएका महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।
बलात्कारमा संलग्न रहेको आरोपमा १ जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा जिल्लाको पोखरिया नगरपालिका–८ घर भइ हाल ललितपुरको खन्तिडाँडामा बस्ने २१ वर्षीय राजकुमार ठाकुर हुन् । उनलाई बिहीबार बिहान पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका ठाकुरविरुद्ध जबर्जस्ती करणीको कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी कार्कीले जानकारी दिए ।

