अधिवक्ता पाण्डे पक्राउ


काठमाडौं – विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन् ।

बुधबार बिहान उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी अनिल अधिकारीले बताए ।

प्रहरीका अनुसार पाण्डेको अहिले बयान भइरहेको छ ।

पाण्डेले केही दिनअघि एक टेलिभिजनलाई दिएको अन्तरवार्ताप्रति तामाङ–मगर समूदायले आपत्ति जनाएका थिए ।

तामाङ घेदुङ संघको तर्फबाट उनीविरुद्ध जाहेरी परेको थियो ।

तामाङ संघसंस्थाहरुले उनलाई पक्राउ गर्न दवाव दिँदै आएका थिए ।

 

प्रतिक्रिया