

काठमाडौं प्रहरी परिसर कार्यालयमाथि ढुंगामुढा, एक दर्जन बढी प्रहरी घाइते

काठमाडौं – अधिवक्ता भगवती पाण्डे ‘शीतल’ लाई पक्राउ गर्न माग गर्दै काठमाडौं प्रहरी परिसर कार्यालयमाथि ढुंगामुढा भएको छ । विवादीत अभिव्यक्ति दिएकी अधिबक्ता पाण्डेलाई नियन्त्रणमा लिएर कारर्वाही गर्न ढिलासुस्ती गरेको भन्दै आक्रोशीत बनेका तामाङ समूदायले प्रहरी कार्यालयको गेटमाथिनै ढुंगामुढा गरेका हुन् ।
उनीविरुद्ध प्रहरीले पक्राउ पुर्जी भने लिइसकेको छ । केही दिनअघि पाण्डेले तामाङ र मगर समूदायमा दाजुभाइबीच विवाह हुने र त्यसैबाट आपराधिक गतिविधि बढ्ने धारणा सार्वजनिक गरेकी थिइन् । सोही अभिव्यक्तिको तामाङ्ग र मगर समुदायले चर्को विरोध गर्दै आएका छन् ।
आन्दोलनकारीको ढुंगामुढाबाट एक दर्जन बढि प्रहरी घाइते भएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । केही घाइते प्रदर्शनकारीसहितलाई पनि नियन्त्रणमा लिइएको उनले जानकारी दिए । प्रहरीका अनुसार आङकाजी शेर्पाको नेतृत्त्वमा गएको समूहले आन्दोलन थालेको थियो ।

