चितवनका अनिल पोखरेल बने एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा


काठमाडौं – एनआरएन अष्ट्रेलियाको अध्यक्षमा अनिल पोखरेल निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा पोखरेल दुई प्रत्यासी डिला खरेल र देव बहादुर गुरुङलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

आफूलाई निर्वाचित गर्ने मतदाता र स्वच्छ निर्वाचन गर्ने निर्वाचन कमिटीलाई उनले धन्यवाद दिएका छन्। अध्यक्ष पोखरेल पेशाले सर्टिफाइड प्राक्टिसिङ एकाउन्ट सीपीए हुन् । एक दशकदेखि एनआरएनएमा आबद्ध भएका पोख्रेलले पछिल्लो दुई कार्यकाल कोषाध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

एनआरएन अस्ट्रेलियाको पारदर्शिताका लागि उनकै कार्यकालदेखि त्रैमासिक लेखा विवरण सार्वजनिक हुन थालेको थियो ।

एनआरएनलाई संस्थागत, प्रविधिमैत्री, आर्थिक पारदर्शिता, कुशल संस्थागत प्रक्रिया, श्रोतको पहुँच, विभिन्न तहका सरकारसँग सम्बन्ध विस्तार लगायतका कुराहरूमा उनले विशेष जोड दिँदै आएका छन् ।

प्रतिक्रिया