
वन मुद्दाका फरार अभियुक्त पक्राउ
धनगढी- कैलालीमा वन मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन् ।
जिल्लाको जानकी गाउँपालिका–९ का २५ वर्षीय राजु चोधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
चौधरीलाई २०७२ मंसिर २८ गते १८ हजार ४४० रुपैयाँ जरिवाना तोकेको थियो ।
उनलाई सोमबार उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो ।



कागजपत्र |
