कांग्रेस बैठक १० गतेसम्मका लागि स्थगित


काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक १० गते बुधबार बस्ने गरी स्थगित भएको छ ।

आजको बै‌ठकमा उपसभापति र महामन्त्रीद्वयले सदस्यहरूले उठाएका जवाफ दिएसँगै सकिएको बैठक १० गते बस्ने गरी सकिएको हो ।

आज कांग्रेस केन्द्रीय समितिको छैठौं दिनको बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङले जवाफ दिएका थिए ।

जवाफका क्रममा महामन्त्रीद्वयले पार्टीलाई सुदृढ बनाउन नेतृत्वलाई गरिने आलोचना गाली नहुने बताए ।

महामन्त्री र उपसभापतिको जवाफपछि कांग्रेस बैठक १० गते बुधबारसम्मका लागि स्थगित भएको छ । सभापति शेरबहादुर देउवाले त्यही दिन बोल्ने बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक साउन २ गतेदेखि जारी छ ।

प्रतिक्रिया