

दाहाल-नेपाल समुहको चौथो चरणको आन्दोलन शुरु

काठमाडौँ – दाहाल-नेपाल समुहले आजदेखि चौथो चरणको आन्दोलन सुरु गरेको छ ।
आज (बुधबार) देखि १२ गतेसम्म प्रदेश कमिटीको योजनामा जिल्लस्तिरीय विरोध प्रदर्शन सभा लगायतका कार्यक्रमको आयोजना गर्ने गरी चौथो चरणको आनदोलन शुरु गरेको हो ।
यस्तै आन्दोलनको भोली फागुन ६ गतेको कार्यक्रम प्रतिगमन, महंगी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर विरोध गर्ने तयारी भएको छ । यस अघि प्रतनिधिसभा विघटनविरुद्ध दाहाल नेपाल समूहले विरोध प्रदर्शन गर्दै आएको छ ।
गत पुष ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी बैशाख १७ र २७ गते मध्यवधी निर्वाचनको घोषण गरेपछि दाहाल-नेपाल समुहले सरकारको उक्त कदम अलोकतान्त्रीक र असंवैधानीक रहेको भन्दै नीरन्तर आन्दोलन गरिरहेको छ । सोही अनुरुप आज चौथो चरणको प्रतिनिधिसभा पुनस्र्थापनाको मागसहित प्रदर्शन गरेका हुन् ।

