घट्यो सुनचाँदीको मूल्य, ताेलामा कति ?


काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य तोलामा ११ सयले गिरावट आएको छ । मंगलवार प्रतितोला छापावाला सुन ९० हजार ९ सय रहेको थियो ।

त्यस्तै आज प्रतितोला सुनको मूल्यमा गिरावट आइ सुनको मूल्य ८९ हजार ८ सय कायम भइ कारोबार भइरहेको नेपाला सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ८९ हजार ३ सय ५० रहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले गिरावट आएको छ । मंगलवार प्रतितोला चाँदीको मूल्य १३ सय ६० रहेको थियो । भने आज मूल्य गिरावट आई प्रतितोला चाँदी १३ सय ४० कायम भइ कारोबार भइरहेको छ ।

प्रतिक्रिया