एपीएफ टोलीद्वारा चोरीपैठारीको ४ लाख बराबरको लत्ताकपडा बरामद


काठमाडौं – सशस्त्र प्रहरी (एपीएफ) को एक टोलीले महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका २ करैया स्थित सीमा ईलाकाबाट मंगलबार करीव २ लाख २४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पोखरभिण्डाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गड्डाचौकीबाट खटिएको एपीएफ टोलीले फागुन ३ गते करीव २ लाख ८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ  ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले कञ्चनपुर जिल्लाको भिमदत्त नगपालिका ६ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो ।

बराममद सामान भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ ।

प्रतिक्रिया